भ्याली च्यासल चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा | Khabarhub Khabarhub

भ्याली च्यासल चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ए’ डिभिजन क्लब च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । च्यासलको जितमा दुवै गोल मिलन राईले गरे ।

‘ए’ डिभिजन क्लब च्यासलले वीरगन्जाथि सुरुवात देखि नै आक्रमण बुनेपनि गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो ।  ४५औं मिनेटमा मिलन राईले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । विदेशी खेलाडी जुनियरको पासमा अनमार्क रहेका मिलनले सहजै गोल गरेका थिए । ७४औं मिनेटमा मिलनले गोल गर्दै टिमलाई २–० को जित दिलाए ।

त्यसअघि खेलरभर नै वीरगन्जलाई दवावमा राखेको च्यासलले खेलको १२औं मिनेटमा आक्रमण बुनेका थियो । छिरिङ गुरुङको क्रसमा अर्मान्डले बक्सभित्र पाएको अवसरलाई नियन्त्रणमा लिन नसक्दा अग्रता लिने सुन्दर मौका खेर फाल्यो । १४औं मिनेटमा कप्तान अमिर श्रेष्ठको प्रहार पोस्टबाट बाहिरियो । लगत्तै छिरिङको शक्तिशाली प्रहार पोस्टबाट थोरै बाहिरिदा च्यासल अग्रता लिनबाट चुक्यो ।

१६औं मिनेटमा अर्मान्डको अर्काे मौका खेर फाल्यो ।२३औं मिनेटमा नियाको प्रहारले पोस्टको गति लिन सकेन । ४०औं मिनेटमा कप्तान अमिर श्रेष्ठको क्रसमा अर्मान्डको बक्सभित्रको हेडरले पोस्टको दिशा लिन सकेन । ५३औं मिनेटमा अमिरको वान टच प्रहार पोस्टबाट थोरै बाहिरियो ।

५४औं मिनेटमा नियाको पासमा अर्मान्डले खाली पोस्टमा गोल गर्न सकेन । ५५औं मिनेटमा अमिरको पासमा अमिरको हेडर पोस्टबाट थोरै बाहिरियो । खेलभर नै दवाव झेलेको वीगन्जले पहिलो हाफमा एकमात्र मौका सिजर्न गरेको थियो । सविर चौधरीको कर्नरमा सन्जय चौधरीको हेडर पोस्टबाट थोरै बाहिरिदा खेलमा अग्रता लिने मौका गुमाएको थियो ।

त्यसबाहेक वीरगन्जले खेल भर कुनै उल्लेख्य मुभ बनाउन सकेन ।  दुई गोल गरेका च्यासलका मिलन राई खेलको म्यान अफ दि म्याच घोषित भए । उनले जनही ५ हजार रुपैया पाए ।

यससँगै दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा जावलाखेल र सरस्वती युवा क्लब तथा नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनल बिहीबार जावलाखेल युथ क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ । खेल ३ बजेपछि नैकाप फुटबल मैदानमा हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ४७ बजे

पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने

विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

भक्तपुर– आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट