जेलबाट छुटेको एक महिना नबित्दै राई पुन: चोरीमै संलग्न, ६ लाखसहित पक्राउ | Khabarhub Khabarhub

जेलबाट छुटेको एक महिना नबित्दै राई पुन: चोरीमै संलग्न, ६ लाखसहित पक्राउ


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको अनामनगरस्थित एक कार्यालयबाट ६ लाख चोरी गरी भाग्दै गरेका धरानका कृतन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राइले आज दिउँसो अनमानगरस्थित सगरमाथा पोलुसन कन्ट्रोल कमिटीको शाखा कार्यालयको ढोका फुटाली सेफ भित्र राखिएको नगद रु ६ लाख चोरी गरेका थिए । सो कार्यालयमा चोरी गरी झ्यालबाट हाम फालेर भाग्दै गरेको अवस्थमा स्थानीयको सहयोगमा राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

महानगरीय वृत्त सिंहदरबारबाट खटिएको टोलीले राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ ।  पक्राउ परेका राई यस भन्दा पहिला पनि पटक पटक चोरीको सामान सहित पक्राउ परेका थिए ।

यसअघि उनले चोरीको ल्यापटप सहित पक्राउ पर्दा चोरी मुद्धामा २ वर्ष कैद भुक्तान गरि छुटेका थिए । जेलबाट छुटेको एक महिना मै उनी पुनः चोरी कार्यमा संलग्न भइरहेको अवस्थामा पक्राउ परेका हुन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ४ : २७ बजे

एलोन मस्कको  भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय

एमाले महाधिवेसन प्रतिनिधि सम्मेलन (फोटोफिचर)

काठमाडौंं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुरु