विपिन भन्छन् – ‘जात्रै जात्रा’ फिल्म ‘जात्रा’ भन्दा रमाइलो छ | Khabarhub Khabarhub

विपिन भन्छन् – ‘जात्रै जात्रा’ फिल्म ‘जात्रा’ भन्दा रमाइलो छ


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस वर्षको प्रतीक्षित फिल्म ‘जात्रा’ जेठ ३ गतेबाट प्रदर्शन हुँदैछ । यो फिल्म वर्ष २०७५ को फागुनमै रिलिज हुने भनिएको थियो । तर बीचमा विपिन कार्की दुर्घटनामा परेपछि फिल्मको छांयाकन समय लम्बियो ।

लामो समयदेखि प्रतीक्षा गरेको फिल्म ‘जात्रै जात्रा’ को रिलिज मिति नजिकिएको छ यतिबेला । रिलिज मिति नजिकिएसँगै निर्माण टिमले दर्शकको मन जित्नेमा आफूहरु ढुक्क भएको बताउने गरेका छन् ।

फिल्ममा शीर्ष भूमिका निभाएका अभिनेता विपिन कार्कीले यो फिल्म अघिल्लो फिल्म ‘जात्रा’ भन्दा पनि रमाइलो हुने बताए ।

‘यो फिल्म ‘जात्रा’ भन्दा पनि रमाइलो हुनेछ, अझै छिटो फिल्म सकिएजस्तो लाग्नेछ, दर्शकलाई अझै रमाइलो लाग्नेछ,’ विपिनले भने, ‘जात्रा हेर्नेले त यो फिल्म हेर्नैपर्ने नै भयो, नहर्नेले पनि फिल्म हेर्नुपर्ने गरी हामीले बनाएका छौँ ।’

निर्माण टिमको दाबीलाई आधार मान्ने हो भने दर्शकलाई फिल्म मन पर्ने थुप्रै कारण छन् । फिल्म ‘जात्रा’ को तुलनामा ‘जात्रै जात्रा’ अझै कमेडी भएको निर्माण टिम बताउँछ ।

यो फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा विपिन कार्की, रविन्द्र झा, दयाहाङ राई, रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : १४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६