‘वीर विक्रम २’ ले रोयल कार्पेटमा प्रिमियर गर्ने | Khabarhub Khabarhub

‘वीर विक्रम २’ ले रोयल कार्पेटमा प्रिमियर गर्ने


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘वीर विक्रम २’ को रोयल (पर्पल) कार्पेट प्रिमियर गरिने भएको छ । निर्माण टिमले कलाकार तथा प्राविधिकको सम्मानका लागि यस्तो खाले प्रिमियर गर्न लागेको जानकारी गराएको छ । पर्पल कार्पेटलाई शान्ति र समानताको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।

निर्देशक चाम्सले कलाकार तथा प्राविधिकलाई सम्मान गर्न प्रिमियर गर्न लागेको बताए ।

आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा नाजिर हुसेन, पल शाह, बुद्धि तामाङ र वर्षा शिवाकोटीको मुख्य भूमिका छ । लण्डन सिने आर्टस् र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले रिलिजअघि राम्रो हाइप बनाएको छ ।

रिलिजको दुई दिनअघि प्रिमियर गर्न लागिएको यो फिल्ममा देशभक्त खनाल, मनोज केसी? विनिषा भण्डारी लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ३ : ४२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन