इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयको काम शुरु | Khabarhub Khabarhub

इलामको पशुपतिनगरमा अध्यागमन कार्यालयको काम शुरु


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


इलाम– निर्माण सम्पन्न भएको ६ महिनापछि इलामको पशुपतिनगर सीमा नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । यो नाकाबाट भित्रिने पर्यटकहरुको सहजताका लागि अध्यागमन कार्यालय सञ्चालनामा ल्याइएको हो ।

कार्यालयको केही दिन अगाडि मात्रै गृहमन्त्री रामबहादुर थापा (बादल)ले उद्घाटन गरेका थिए ।

‘सञ्चालनमा आएको कार्यालयबाट तेस्रो मुलुकका पर्यटकका लागि १५, ३० र ९० दिनसम्मको प्रवेश भिसा दिइने व्यवस्था छ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘सरकारले आउँदो सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने हुँदा यो कार्यालयको स्थापनाले यसमा सहयोग पुर्‍याउने छ ।’

कार्यालयमा १ अध्यागमन अधिकृत, २ नायब सुब्बा, २ वरिष्ठ अध्यागमन सहायक, १ सह–लेखापाल, १ अध्यागमन सहायक तथा २ जना कार्यालय सहयोगीको दरबन्दी छ ।  तर ताेकिएको दरबन्दीमध्ये आधा मात्र कर्मचारी कार्यालयमा कार्यरत छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  २ : ३६ बजे

पोखरामा भालिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

गण्डकी– पोखरामा शुक्रबार र शनिबार चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता

रुसविरुद्ध युक्रेनले लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको अमेरिकी दाबी

काठमाडौं – युक्रेनले रुसविरुद्ध लामो दुरीको ब्यालेस्टिक मिसाइल प्रयोग गर्न

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम