च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ? | Khabarhub Khabarhub

च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल भिड्दै, कसले मार्ला बाजी ?


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-युईएफए च्याम्पियन्स लिग फुटबल अन्तगत सेमिफाइनल खेलको पहिलो लेगमा स्पेनिस महारथी बार्सिलोना र इंग्लिस क्लब लिभरपुल भिड्दैछन् । गएको सिजनको उपविजेता लिभरपुल यो सिजनमा उपाधि दाबेदारका रुपमा हेरिएको छ भने मेस्सीको टोली बार्सिलोना आफूलाई च्याम्पियन बनाउने लक्ष्यमा छ ।

इंग्लिस क्लबविरुद्ध बार्सिलोनाका कप्तान लियोनल मेस्सी आक्रामक रुपमा प्रस्तुत हुनसक्ने विश्लेषकको भनाइ छ । क्वाटरफाइनलमा म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको बार्सिलोनाका लागि कप्तान मेस्सीले निर्णायक गोल गरेका थिए ।

त्यस्तै, क्वाटरफाइनलमा लिभरपुलले पनि एफसी पोर्टोलाई पराजित गर्दै बार्सिलोनासँगको भेट पक्का गरेको थियो । बार्सिलोनाविरुद्ध आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गर्ने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले बताए ।

उनले बार्सिलोनासँगको उसैको घरेलु मैदानमा हुने खेल प्रतिस्पर्धात्मक भएपनि लिभरपुलले जीत हात पार्ने बताएका छन् । २६ औं ला लिगाको उपाधि उचालेको बार्सिलोना पहिलो लेगमा उच्च मनोवलका साथ मैदान उत्रिनेछ ।

बार्सिलोनाका खेलाडी इभार राकिटीकका अनुसार कप्तान लियोनल मेस्सी यो सिजनको च्याम्पियन्स लिग उपाधि उचाल्ने लक्ष्यमा छन् ।

सन् २०१५ पछि पहिलो उपाधि उचाल्न नसकेको बार्सिलोनाका लागि यो सिजन उपाधि उचाल्न सहज पनि छ । लिभरपुललाई आजको खेलमा रोक्न सके दोस्रो लेग अझै सहज हुने विश्लेषकहरुको जिकिर छ ।

राकिटीकले आफ्ना कप्तानको भनाइ सबै खेलाडीले पछ्याउने गरेको बताएका छन् ।

बार्सिलोनामा मेस्सीको भर भएजस्तै, लिभरपुलका लागि मोहम्मद सलाहको पनि उत्तिकै प्रसंशनीय प्रदर्शन हुने गर्दछ । आजको खेलमा उनले पनि टिमका लागि उत्कृष्ट खेल्ने धेरैको आँकलन छ । त्यसोत, लिभरपुलका मिडफिल्डर रोवर्टो फिर्मिन्हो पनि आज बार्सिलोनाविरुद्ध मैदान उत्रिने पक्का जस्तै छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  १२ : ०१ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश