विश्व श्रम बजारमा पुग्ने नेपालीको संख्या बढ्दै, ४४ लाख वैदेशिक रोजगारमा « Khabarhub
Logo
१६ मंसिर २०७८, बिहीबार

विश्व श्रम बजारमा पुग्ने नेपालीको संख्या बढ्दै, ४४ लाख वैदेशिक रोजगारमा



काठमाडौं -श्रम गरेर दैनिकी गुजार्ने विश्वभरका श्रमिकहरुले हरेक वर्ष आजकै दिन अर्थात मे १ मा विश्व मजदुर दिवस (मे दिवस) मनाउँदै आएका छन् । मे दिवसलाई श्रमिक वर्गले आफनो हकअधिकार, एकता, वीरता र संघर्षबाट पाएको उपलब्धिका रुपमा मनाउने गरेका छन् । नेपालमा पनि १ सय ३० औ मजदुर दिवस ‘श्रमिक अधिकार, सामाजिक सुरक्षाको आधार’ भन्ने नाराका साथ मनाइदै छ । नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि यो दिवस मनाउन थालिएको हो । नेपालमा सरकार, गैरसरकारी संघ संस्था, ट्रेड युनियन, निजी क्षेत्र समेतको संयुक्त समन्वयमा मजदुर दिवस मनाउँदै आएको छ ।

अमेरिकाको सिकागो सहरका मजदुरले १ मे १८८६ मा ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा मनोरञ्जनको माग राख्दै आन्दोलनमा गरेका थिए । करिब ४ वर्ष लगातार मजदुरको आन्दोलनपश्चात् अमेरिकी सरकार मजदुरलाई ८ घण्टा मात्र काममा लगााउने कानुन बनाउन र मजदुरले राखेको अन्य माग पूरा गर्न बाध्य भयो । यसरी मजदुरले आन्दोलनबाट विजय हासिल गरेको दिनको सम्झनामा मे दिवसका रुपमा मजदुर दिवस मनाउन थालिएको हो ।

१ मेलाई दिवसका रूपमा मनाउन सन् १८९० मा एंगेल्सको अगुवाइमा भएको दोस्रो कम्युनिस्ट इन्टरनेसनलको सम्मेलनमा छलफल भई निर्णय भएको आधारमा १ मे १८९० देखि विश्वभर मे दिवस मनाउन थालिएको हो ।

३ अर्ब ४४ करोड मजदुर

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का अनुसार विश्वमा ३ अर्ब ४४ करोडभन्दा धेरै जनसंख्या ज्यालादरी गरेर जीविको पार्जन गर्ने मजदुर रहेका छन् । जसमा ४४ प्रतिशत महिलाको संख्या रहेको आइएलओको प्रतिवेदनमा उल्लेख छ ।

एक देशबाट अर्को देशमा घुमफिर गर्ने, रोजगारीको खोजीमा स्थानान्तरण हुने, अध्ययनको लागि अर्को देशमा जाने, शरणार्थी हुने, बसाई सर्ने मजदुरको संख्या वार्षिक रुपमा बढिरहेको छ । नेपालबाट पनि वार्षिक रुपमा भारतसहित करिब १४ लाख नेपाली विभिन्न देश मजदुरी गर्ने जाने गरेको सरकारी अनुमान छ । नेपाली श्रमिक पनि रोजगारीका देशमा अन्य देश जान क्रम वार्षिक रुपमा बढ्दो छ ।

दैनिक करिब ९ सय जना नेपाली युवायुवती श्रम स्वीकृति लिएर विदेशिन्छन् । नेपालबाट संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देश नेपाली श्रम गर्ने पुग्ने गरेका छन् 

संयुक्त राष्ट्रसंघीय निकाय तथा अन्तर्राष्ट्रिय श्रम संगठनको प्रतिवेदनअनुसार दक्षिण एसियाली क्षेत्रबाट मात्र ३ करोडभन्दा बढी श्रमिकहरु मजदुरी गर्न खाडीलगायतका विभिन्न मुलुक पुग्ने गरेका छन् । जसमा नेपालबाट यी देशमा करिब ४ लाख नेपाली रोजगारीको खोजीमा जाने गरेका छन् । खुला सिमाना भएका कारण नेपालीहरू भारत हुँदै बंगलादेश, चीन, श्रीलंका र म्यानम्मरसम्म मजदुरी गर्ने पुग्ने गरेका छन् ।

सुरुवातमा नेपालीहरु भारतको आसाम, सिक्किम, भूटान, बर्मा (म्यानन्मार) र तिब्बतलगायतका देश भारी बोक्न, कोइला खानीमा काम गर्ने, कृषि, पशुपालन, चियाखेती, खानी, कारखाना लगायतका क्षेत्रमा काम गर्न यी क्षेत्रका विभिन्न स्थानमा पुग्ने गरेका थिए । त्यसपछि विस्तारै खाडीका देश, मलेसिया युरोप, अफ्रिका र अमेरिका सम्म मजदुरी गर्ने पुग्ने गरेका छन् ।

आन्तरिक श्रम बजारमा २० लाख ज्यालादरी मजदुर

नेपालमा हाल ७० हजार नागरिक रोजगारीमा सहभागि रहेको केन्द्रीय तंथ्याक विभागले जनाएको छ । जसमा २० लाख नागरिक दैनिक ज्यालादरीका लागि काम गर्ने गरेको विभागको तंथ्याकमा उल्लेख छ । उनीहरु दैनिक ज्यालादरीमा काम गरिरहेका छन् । सरकारले श्रमिक वर्गलाई समेटने ऐन २०७४, श्रम नियमावली २०७५ ल्याएको छ ।

सोहीअनुसार सवै तहमा प्रतिनिधित्वको सुनिश्चितता, सामाजिक सुरक्षाको प्रत्याभूति, चर्को श्रम शोषणको अन्त्य गरी श्रमिक वर्गको सेवा सुरक्षा, वृत्ति विकास, जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक र सबै क्षेत्रमा ट्रेड युनियन अधिकारको प्रत्याभूति र श्रमिकमुखी श्रम कानुन निर्माण गर्न माग गर्दै श्रमिकको जीवनलाई समृद्धि बनाउने दिशामा सरकार केन्द्रीत भएर काम गरिरहेको पाइन्छ ।

रोजगारीको खोजीमा नेपाली युवा विश्वका करिब १ सय ७२ राष्ट्रमा पुग्ने अनौपचारिक तथ्यांक छ । हाल वार्षिक साढे ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई न्युनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमार्फत पेन्सन तथा उपदान, बेरोजगार युवा रोजगारी नभए निर्वाह भत्ता, आन्तारिक श्रम बजारमा रोजगार दिन विषेश योजना अघि सारेको छ ।

नेपालमा वार्षिक ५ लाखभन्दा बढी श्रमशक्ति आन्तरिक श्रमबजारमा रोजगारीको खोजीमा प्रवेश गर्नेगरेको राष्ट्रिय योजना आयोगले सार्वजानिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये करिब १ लाख ५० हजार श्रमशक्तिले मात्र जसोतसो आन्तरिक श्रम बजारमा काम गर्ने अवसर पाइरहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । त्यो भन्दा बाहेकका श्रमशक्ति वैदेशिक रोजगारीमा विभिन्न देश जाने गरेको पाइन्छ । यी श्रम शक्ति आन्तरिक श्रम बजारमा व्यवास्थापन गर्ने सरकारले सकेको छैन ।

४४ लाख युवा वैदेशिक रोजगारीमा

वि.स. २०४६ सालदेखि रोजगारीका खोजीमा नेपाली युवा विश्वका करिब १ सय ७२ राष्ट्रमा पुग्ने अनौपचारिक तथ्यांक छ । हाल वार्षिक साढे ६ लाख युवा वैदेशिक रोजगारीमा जाने गरेको सरकारी तंथ्याकमा उल्लेख छ ।

सरकारी तथ्यांकअनुसार नेपालभित्र रोजगारीको अवसर नपाएर वार्षिक ६ लाख वैदेशिक रोजगारीमा जाने गरेका छन् । आव ०६३/६४ देखि आव ०७५/७६ सम्ममा करिब ४४ लाख युवा कामको खोजीमा विदेसिएका छन् । तीमध्ये ७ लाख महिला रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । नेपाली अर्थतन्त्रको कुल गार्हथ्य उत्पादनमा विप्रेषणको योगदान २९ प्रतिशत छ । आप्रवासनको मजदुरीले देशको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा ठुलो सहयोग पुराएको छ । भने, माइग्रेसनका कारण व्यक्तिगत संरचनामा परिवर्तन पनि आएको छ ।

दैनिक करिब ९ सय जना नेपाली युवायुवती श्रम स्वीकृति लिएर विदेशिन्छन् । नेपालबाट संस्थागत १ सय १० देश र व्यक्तिगत १ सय ७२ देश नेपाली श्रम गर्ने पुग्ने गरेका छन् । देशका करिब ६० प्रतिशत घरधुरीका व्यक्ति वैदेशिक रोजगारीमा संलग्न रहेको विभिन्न अध्ययनमा उल्लेख छ ।

मजदुरीसँगै शरणार्थी

विश्वव्यापीकरणका कारण आप्रवासी कामदार शरणार्थी बन्ने क्रम पनि उतिकै बढेको छ । पछिल्लो समय विश्वका विकसित राष्ट्रमा मजदुरी गर्ने पुगेका कामदार शरणार्थी बन्ने क्रम बढेसँगै यो समस्याको विषय बन्दै गएको छ । आप्रवासनमा गएका कामदार शरणार्थी बन्न थालेपछि विकशित देशले यसलाई रोक्न विकल्प खोजी थालिएको छ ।

पछिल्लो समय अफ्रिकाका देशमा चलिरहेको द्वन्द्वका कारण युरोपमा शरणार्थी बढ्न थालेपछि यो विषयमा युरोपेली देश विकल्पको खोजिरहेका छन् । अध्ययनका लागि जापान, क्यानडा, अमेरिका र युरोपका देश पुगेका धेरै नेपाली पनि शरणार्थी बनेर उतै बस्ने क्रम बढिरहेको छ । आप्रवसनमा गएका कामदार शरणार्थी भएर बस्ने क्रम बढेपछि आप्रवासी कामदारमाथि धेरै देशले रोक समेत लगाएका छन् ।


भर्खर

0