९ महिनामै बिग्रियो ध्वनि प्रदूषण जाँच मेसिन : खेर गयो, राज्यको पौने २ करोड | Khabarhub Khabarhub

९ महिनामै बिग्रियो ध्वनि प्रदूषण जाँच मेसिन : खेर गयो, राज्यको पौने २ करोड


१८ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सवारीसाधनबाट उत्पन्न हुने ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले १ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको ४० वटा अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगविहीन अवस्थामा पुगेका छन् ।

यातायात व्यवस्था विभागले मुलुकभरका यातायातको ध्वनि प्रदूषण मापन गर्न एक वर्षअघि खरिद गरिएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन ९ महिनाअघि १४ वटै अञ्चलस्थित यातायात व्यवस्था कार्यालयलाई वितरण गरेको थियो । सवारीसाधनबाट ध्वनि प्रदूषण बढेको निष्कर्ष निकाल्दै सवारी सञ्चालन गर्नुपूर्व ध्वनि मापन गरी जाँच पास दिएपछि मात्र सञ्चालन अनुमति दिनु भन्दै ती वितरण गरिएको थियो । तर, कतिपय मेसिन प्रयोगमै ल्याइएको छैन भने कतिपय काम नलाग्ने भइसकेको राजधानी दैनिकमा खबर छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार मेसिन चलाएर ध्वनि मापन गरेर जाँचपास दिँदा भन्दा नजाँची दिँदा व्यक्तिगत लाभ लिन पाइने भएकाले अञ्चलस्थित कार्यालयका मेकानिकल इन्जिनियरहरूले ती मेसिन प्रयोगमै ल्याएनन् । तर, यातायात व्यवस्था कार्यालय मेचीका मेकानिकल इन्जिनियर विजय अधिकारीका अनुसार एक वर्ष वारेन्टी भएका ती अटोमेटिक इमिसन एनालाइजर मेसिन प्रयोगमा ल्याएको आठ महिना पनि नबित्दै बिग्रिएका छन् ।

यातायात व्यवस्था कार्यालय सगरमाथा लहानका मेकानिकल इन्जिनियर गोपिचन्द्र बोहराले भने, ‘हामीले प्रयोगमै ल्याएका छैनौं, विभागले पठाएदेखि नै प्रयोगहीन अवस्थामा छ ।’

प्रधानमन्त्रीज्यू अब उठ्ला डुब्न लागेको २४ अर्ब ? शीर्षकमा पत्रिकाले छापेको समाचारमा विकास निर्माण कार्यका लागि भन्दै ठेकेदारहरूले सरकारी अधिकारीको साँठगाँठमा लगेको मोबिलाइजेसनबापतको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्ष छ । सो रकम उठाउन सरकारी स्तरबाट आवश्यक पहल र एक्सन नगर्ने हो भने राज्यकोषको त्यति ठूलो रकम निश्चित रूपमा डुब्ने भन्दै अख्तियारले रकम उठाउन पटकपटक सरकारको ध्यानाकृष्ट गराउँदै आएको छ ।

अख्तियारले विकास निर्माण कार्य गर्ने क्रममा ठेकेदारहरूले मोबिलाइजेसनको नाममा लगेको २४ अर्ब रुपैयाँ सरकारले नै उठाउनुपर्ने निष्कर्ष निकाल्दै गत माघमा सरकारलाई विस्तृत प्रतिवेदनसहितको पत्र नै पठाएको थियो । त्यस यता पनि अख्तियारले सरकारका विभिन्न निकायलाई बोलाएर रकम उठाउन आवश्यक पहल गर्न निर्देशन दिँदै आएको छ तर पनि हालसम्म रकम उठाउन कुनै पहल हुन नसकेको भन्दै अख्तियार असन्तुष्ट छ ।

ठेकेदारबाट राखिएको धरौटीस्वरूपको ६ अर्ब रुपैयाँ जफत गर्न पनि सरकार असफल देखिँदै आएको छ । ठेक्का सम्झौता रकमको कम्तीमा ५ प्रतिशतले हुन आउने कार्यसम्पादन जमानतबापतको ६ अर्ब धरौटी रकम असुल गर्न सरकारी पक्ष असफल देखिएको हो । सरकारले ठेक्का पूरा नगर्ने ठेकेदारबाट धरौटी रकम जफत गर्न सक्ने कानुनी प्रावधान छ । तर, सरकारी अधिकारीको गैरजिम्मेवारीपनका कारण राज्यकोषमा आउन सक्ने ६ अर्ब रुपैयाँ पनि गुमेको अख्तियारले जनाएको छ ।

कानुनमन्त्री र सांसदबीच जुहारी शीर्षकको अर्को समाचारमा राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा संसदीय समितिका सांसद र मन्त्रीबीच जुहारी चलेको छ । संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा कानुन तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल र सांसदबीच जुहारी चलेको हो ।

समितिले राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएको थियो । सोही क्रममा विधेयकका विषयमा मानवअधिकार आयोगका पदाधिकारीले कुरा उठाए । आयोगको अधिकार कटौती हुने गरी संशोधन ल्याइएको भन्दै त्यसलाई सच्याउन सरकारलाई पदाधिकारीले अनुरोध गरे । पदाधिकारीको कुरा सुनेपछि मन्त्री ढकालले केही घोचपेचसहित आफू पुनर्विचार गर्ने पक्षमा नरहेको बताए । उनले भने, ‘सरकारले परिमार्जन गर्दैन । कसैले फिर्ता गर भनेर हामी फिर्ता गर्दैनौं । त्यो मनसाय पनि छैन ।’

सरकारले ल्याएको संशोधनमाथि विरोध जनाएर माइतीघर मण्डलाबाट कानुन बनाउन लागेको भन्दै मन्त्री ढकालले आपत्ति जनाए । ‘मण्डलाको आवरण के हो ? त्यताबाट कानुन बन्दैन,’ उनले भने, ‘बन्यो भने त सरकारलाई सहयोग नै हुन्छ ।’

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ७ : ३३ बजे

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर