विपद् व्यवस्थापनको पूर्वतयारी नहुँदा जोखिम न्युनीकरणमा समस्या | Khabarhub Khabarhub

विपद् व्यवस्थापनको पूर्वतयारी नहुँदा जोखिम न्युनीकरणमा समस्या



काठमाडौं– बारा र पर्सामा आइतबार ८ बजेदेखि आएको तीव्र गतिको हावाहुरीका कारण २७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । ४ सय बढी घाइते भएको घटनामा परी १ हजारभन्दा धेरै सर्वसाधारण विस्थापित भएको मन्त्रालयको तथ्याङ्क छ ।

आइतबार साँझ हावाहुरीले जनजीवन प्रभावित गरेपनि उद्धार र राहतको काम भने सोमबार बिहानदेखि मात्रै बढी प्रभावकारी बन्यो । जिल्लामा रहेको सुरक्षा निकायले उद्धार र राहत वितरणको काम गरेपनि केन्द्र सरकारले पठाएको राहत सामग्री भने सोमबार मात्रै जिल्लामा पुगेको छ ।

गृह मन्त्रालयले आइतबार राति नै सशस्त्र प्रहरीका ३ वटा ट्रकमा राखेर राहत सामग्री जिल्लाका लागि पठाए पनि सोमबार मात्रै ती सामग्री जिल्ला पुग्यो । विपद बाजा बजाएर आउँदनै भन्ने नेपाली उखानझैँ विपद्बारे कसैलाई पूर्वजानकारी हुने कुरा भएन । तर विपद्पछिको उद्धार र राहतको काम तत्कालै गर्नसके जनधनको क्षति कम हुनसक्ने विज्ञहरुले बताएका छन् ।

गैरसरकारी संस्था विपद् तयारी सञ्जाल ‘डिपिनेट’का अध्यक्ष समेत रहेका प्रकोपविद् सूर्यबहादुर थापा पूूर्वतयारीको अबस्था कमजोर रहेको दाबी गर्दै भन्छन्– ‘यो घटनाले पूर्वतयारीमा ध्यान दिनुपर्ने, पूर्वसूचना प्रणाली समेत चुस्त हुने व्यवस्था मिलाउनुपर्छ । चैत बैशाखको समय हावाहुुरीको समेत समय भएकाले तयारी हुनुपर्छ’, भन्ने पाठ सिकाएको छ ।

उनी अघि थप्छन्, ‘हामी चुकेको भनेकै पूर्वतयारी योजना छैन, पूर्वयोजना छैन, जोखिम न्युनीकरण योजना छैन, राहत वितरणका लागि हामी उद्धत छौँ, हामीसँग त्यसका लागि पैसा समेत छ, स्रोत छ, कोष समेत छ । राहत र उद्धारमा मात्रै केन्द्रित छौँ । अब सरकारको काम के हुनुपर्छ भने पूर्वतयारीका लागि समेत हामी पूर्वतयारी र जोखिम न्युनीकरणका लागि विषेश ध्यान दिनुपर्छ । दिगो विकासको कुरा गछौँ भने यो कुरालाई ध्यान नदिइकन दिगो विकास हुन सक्दैन ।’

तर गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी भने विपद् जोखम न्युनीकरण तथा व्यवस्थापन ऐनअनुसार विपद्को पूर्वतयारीका लागि सरकारले काम गरिरहेको दाबी गर्छन् ।

ऐनअनुसार स्थानीय तहमा गाउँपालिका र नगरपालिकाको अध्यक्ष, प्रदेशमा सम्बन्धित मन्त्री र केन्द्रमा गृहमन्त्री नेतृत्वको समिति रहने व्यवस्थाअनुसार समिति रहेको र तत्काल बैठक बसेर उद्धार र राहतको काम शुरु भएको सुवेदीको भनाई छ ।

प्रवक्ता सुवेदी भन्छन्– विपद् जोखम न्युनीकरण तथा व्यवस्थापन ऐनअनुसार बनेको नियमावलीले गरेको व्यवस्थाअनुसार पूर्वतयारी छ । तीनै तहले पूर्वतयारीको काम भइरहेको छ ।

क्षेत्रीय स्तरमा रहेका गोदामघरमा आवश्यक खाद्यान्नको प्रबन्ध छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलअन्तर्गतको विपद् व्यवस्थापनका लागि टोली हरेक जिल्लामा छ । त्यसले काम गरिरहेको छ ।

त्यसोत सरकारी स्तरमा विज्ञान मन्त्रालयन्तर्गतको मौैसम पूर्वानुमान महाशाखाले हरेक दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ । तर बारा र पर्सामा आएको हावाहुरीको भने अनुमान गर्न सकेन ।

महाशाखाकी मौसमविद् विभुती पोखरेलले बारा र पर्सामा आएको हावाहुरीको पूर्वानुमान गर्न नसकिएको बताउँछिन् । यस्तो प्रकृतिको आँधी नेपालमा पहिलो पटक आएको कारण पनि यसको अनुमान गर्न नसकिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ११ : २९ बजे

विश्व सम्पदा दिवसको अवसरमा ‘हेरिटेज वाक’

काठमाडौं–  आज विश्व सम्पदा दिवसको अवसरमा  ‘हेरिटेज वाक’ कार्यक्रम भएको छ। 

अखाद्य तरकारी र फलफूलको आयात रोक्न माग

झापा– मेची उद्योग वाणिज्य संघले भारतबाट आयातित अखाद्य तथा गुणस्तरहीन

कोशी प्रदेश सभामा संकल्प प्रस्ताव पेश

विराटनगर- कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा एमाले

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व संकलन 

चौतारा– चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा

अवैध लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं– महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।