पञ्जावविरुद्ध मैदानमा सन्दीप, प्रदर्शन कस्तो रहला ? | Khabarhub Khabarhub

पञ्जावविरुद्ध मैदानमा सन्दीप, प्रदर्शन कस्तो रहला ?


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सबाट किङ्स—११ पञ्जावविरुद्धको खेलमा मैदान उत्रिएका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जावको घरेलु मैदान मोहाली रंगशालामा हुने खेलमा दिल्लीको प्लेइङ—११ मा आज पनि अटाउन सफल भए ।

यसअघि चेन्नईविरुद्ध मैदान उत्रिने मौका पाएका सन्दीपले दिल्लीका अन्य खेलाडीहरु भन्दा उत्कृष्ट बलिङ गर्दै सबैको मन जितेका थिए । उनले ४ ओभर बलिङ गरेर २९ रन खर्चदै १ विकेट लिएका थिए ।

यसअघि समान तीन—तीन खेल खेलेका दुवै टोलीले दुई खेलमा जीत र एक खेलमा हार ब्यहोरेका छन् । आजको खेलमा जीत निकाल्दै अंक तालिकामा आफ्नो स्तर सुधार्ने लक्ष्यमा रहेका छन् ।

टस जितेर दिल्लीले फिल्डिङ रोजेपछि पञ्जावले ब्याटिङको निम्तो पाएको छ ।

दिल्ली टिम

पृथ्वी श्वा, शिखर धवन, श्रयस अयर (कप्तान), कोलिन इनग्राम, रिसभ पन्त, हनुमान विहारी, क्रिस मोरिस, हर्षल पटेल, आभाष खान, सन्दीप लामिछाने, कागिसो रबाडा

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : ४९ बजे

बैतडीमा आगलागी, ५ लाख बराबरको क्षति 

काठमाडौं– बैतडीमा दुई घरमा आगलागी भएको छ। जंगलमा लागेको आगोबाट

क्यानडामा विदेशी नागरिकलाई घर किन्न प्रतिबन्ध

क्यानडा– विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ

आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

हर्नियाको जोखिममा पुरुष : समयमा उपचार नगरे ज्यानै जाने खतरा

काठमाडौं – हर्निया शरीरको कुनै अङ्गको अतिरिक्त विकास भएर उत्पन्न

इन्डोनेसियामा भयानक ज्वालामुखी बिष्फोट, ११ हजार बढीलाई अन्यत्र सारियो

जाकार्ता– इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विस्फोट भए पछि ११ हजारभन्दा