एएफसीको तयारी पूरा, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा | Khabarhub Khabarhub

एएफसीको तयारी पूरा, अभिषेक रिजाल र देवेन्द्र तामाङ मनाङमा


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– एएफसी कप फुटबल अन्तर्गत  नेपाली लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब र बंगलादेशी क्लब अबहानी लिमिटेडबीच बुधबार खेलको तयारी पूरा भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मनाङले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो । यस्तै, खेलका लागि नेपाल आएको अबहानीले पनि मनाङसँगको खेलका लागि आतुर रहेको जनाएको छ ।

लिग च्याम्पियन मनाङले पहिलो खेलमा जित निकाल्दै होम ग्राउण्डमा राम्रो नतिजा निकाल्ने मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले बताए ।

एन्फा कम्प्लेक्सको सातदोबाटोस्थित मैदानमा बुधबार दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै, मनाङले लबहानीविरुद्ध खेल्ने २० सदस्यीय खेलाडीको समेत घोषणा गरेको छ ।

मनाङले एएफसी कपका लागि ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबबाट खेलेका अभिषेक रिजाल र देवेन्द्र तामाङलाई पनि टिममा आवद्ध गरेको छ । नयाँ खेलाडीहरुलाई ४ महिनाका लागि टिममा आवद्ध गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ७ : १८ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई