हवाई दुर्घटनामा एस–७ की सह-सञ्चालिका नटालियाको निधन | Khabarhub Khabarhub

हवाई दुर्घटनामा एस–७ की सह-सञ्चालिका नटालियाको निधन


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बर्लिन– रुसको दोश्रो सबैभन्दा ठूलो हवाई सेवा प्रदायक कम्पनी एस ७ की सह सञ्चालिक तथा अध्यक्ष नटालिया फेइलेभाको विमान दुर्घटनामा मृत्यु भएको छ । जर्मनीको फ्राङ्कफर्ट शहरमा उनी चढेको निजी विमान दुर्घटना हुँदा उनकाे मृत्यु भएको हो ।

सञ्चालिका नटालियासहित दुई यात्रु र एक पाइलट सवार एपिक एलटी विमान फ्राङ्कफर्टको इलेबाख विमानस्थलनजिक दुर्घटनाग्रस्त भएको थियो ।

विमान फ्रान्सको कान शहरबाट उडेको विमानमा सवार अन्य दुईको पनि मृत्यु भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जर्मन सञ्चारमाध्यमले जनाएका छन् ।

६० करोड अमेरिकी डलरभन्दा धेरैको सम्पत्ति रहेकी फेइलेभा रुसकी सबैभन्दा धनाढ्य महिलाको सूचीमा आउने समेत बताइन्छ ।
रुसी र अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरुले दुर्घटनाबारे अनुसन्धान शुरु गरिसकेको बताइएको छ ।

साइबेरियन एयर पनि भनिने हवाई सेवा प्रदायक कम्पनी एस ७ ले दुर्घटना हुनुको कारणबारे स्पष्ट भइनसकेको जनाएको छ । २६ मुलुकका १ सय ८१ शहरमा ९६ विमानमार्फत् हवाई सेवा दिँदै अएको साइबेरियन एयर रुसको सबैभन्दा ठूलो हवाई सेवा कम्पनी एरोलफ्ट पछिको दोश्रो ठूलो विमान सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ४ : ५९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६