रोजगार पीडितका समस्याको समाधान कल सेन्टरबाट गरिन्छ– श्रम मन्त्री | Khabarhub Khabarhub

रोजगार पीडितका समस्याको समाधान कल सेन्टरबाट गरिन्छ– श्रम मन्त्री


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वैदेशिक रोजगार तथा आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकका समस्या सिहंदरबारबाटै सम्वोधन गर्ने बताएका छन् ।

सोमबार श्रम मन्त्रालयले सञ्चालनमा ल्याएको कल सेन्टरको उद्घाटन गदै मन्त्री विष्टले देशभित्र वा देश बाहिर रोजगारीका क्रममा समस्या परेका श्रमिकको समस्याको समाधान कल सेन्टरबाट गर्ने बताए ।

रोजगारीको खोजीका क्रममा समस्यामा परेका नागरिकको उजुरी लिने र तत्काल समाधानको पहल गर्ने मन्त्री विष्टले बताए ।

‘विश्वका जुन्सुकै कुनामा समस्यामा परेका नेपाली श्रमिकले आफूले भोगिरहेको पीडा कल सेन्टरमा फोन तथा सामाजिक सञ्जालमार्फत दर्ता गराउन व्यवस्था गरिएको छ’ मन्त्री विष्टले भने,‘जसका आधारमा श्रम मन्त्रालयले कुटनीतिक नियोगसँग समन्वयन गरी उद्धारका लागि पहल गर्ने छ । समस्याको प्रकृति हेरी पहलको व्यवस्था गरिने छ ।’

आफना नागरिकको सुरक्षाका लागि राज्य दायित्वबाट नपन्छिने मन्त्री विष्टको भनाइ थियो ।

फोन वा इमेल, भाइवर, इमो, मेसेन्जर आदि सामाजिक सञ्जालमार्फत् सिधै सम्पर्क गर्ने सकिने गरी मन्त्रालयमा कल सेन्टरको व्यवस्था गरिएको हो ।

श्रम मन्त्रालयले सञ्चालनमा ल्याएको सेन्टरमा ११४१ नम्बरमा डायल गरी जोकसैले समस्या र जानकारी राख्न सक्नेछ । प्रयोगकताहरूका लागि यो नम्बरमा डायल गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था छ भने एनसेल प्रयोगकर्ताहरूलाइ समेत निशुल्क हुने गरी व्यवस्था गरिरहेको छ ।

विदशेमा रहेका कामदारले ९७७१५९७०००८ नम्बरको भाइवर, इमो, मेसेन्जरमा सम्पर्क गर्न सक्नेछन् ।

कल सेन्टरले फोनबाट मात्रै नभएर भाइबर, फेसबुक, ट्विटर, इमो, ह्वाट्सएप लगायत सबै सामाजिक सञ्जालबाट उजुरी लिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । यी सेवा दिन मन्त्रालय प्रविधिक संयन्त्र विकास गरिसकेको जानकारी दिएको छ ।

सेन्टरमा उजुरी दर्ता भए लगत्तै सम्बन्धित अधिकारी तथा निकायलाई इमेल र मोबाइलमा सूचना (नोटिफिकेसन) समेत हुने गरी सफ्टवेयर विकास गरिएको मन्त्रालयको भनाई छ । उजुरी र कामदारको समस्यालाई कल सेन्टरले तुरुन्तै अनलाइनमा दर्ता गरेर सम्बन्धित दूतावास, नियोग, विभाग तथा सरकारी निकायमा जानकारी गराएर समाधानका लागि पहल गरिने व्यवस्था गरिएको मन्त्रालय जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ३ : ३६ बजे

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका