बारा–पर्सा हावाहुरी : अर्थोपेडिक इम्प्लान्ट नहुँदा घाइतेको शल्यक्रिया रोकियो | Khabarhub Khabarhub

बारा–पर्सा हावाहुरी : अर्थोपेडिक इम्प्लान्ट नहुँदा घाइतेको शल्यक्रिया रोकियो


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा र पर्सामा आएको हावाहुरीबाट घाइते भएकाको उपचारका लागि आवश्यक पर्ने ‘अर्थोपेडिक इम्प्लान्ट’को अभाव भएको छ ।

वीरगन्जबाट थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल ल्याइएका घाइतेमध्ये २ जनाको उपचारका लागि अर्थोपेडिक इम्प्लान्ट आवश्यक पर्ने देखिएको छ । तर, आवश्यक पर्ने अर्थोपेडिक इम्प्लान्ट अस्पतालमा नहुँदा उपचारमा केही ढिलाइ भएको छ ।

त्रिवि शिक्षण अस्पतालले अस्पतालमा भर्ना भएका घाइतेमध्ये सुेशर पटेलको तीघ्रमा चोट लागेको जनाएको छ । उनको तिघ्रामा इम्प्लान्ट राखेर शल्यक्रिया गर्नुपर्ने अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए ।

विभिन्न चोटपटकबाट हड्डीमा असर पुगेको अवस्थामा इम्प्लान्ट राख्नुपर्ने डा. खड्गाले जानकारी दिए । तर, यस्ता इम्प्लान्टहरु अस्पतालको फार्मेसीमा उपलब्ध हुँदैनन् ।

यस्ता इम्प्लान्ट बिक्री गर्ने कम्पनीका प्रतिनिधिसँग सम्पर्क गरेर मात्रै किन्न पाइन्छ । सामान्यतः यस्ता इम्प्लान्ट बिरामीका आफन्तले खरिद गरेर ल्याउनुपर्ने हुन्छ ।

तर, हावाहुरीबाट घाइते भएकाको उपचारको जिम्मा सरकारले लिने जनाएको छ ।

‘उपचारको जिम्मा सरकारले लिने भनेकाले बिरामीका आफन्तले इम्प्लान्ट खरिद गर्ने विषय रहेन । इम्प्लान्ट खरिदका लागि हामीले स्वास्थ्य मन्त्रालयसँग कुरा गरिरहेका छौं,’ त्रिवि शिक्षण अस्पतालका एक वरिष्ठ चिकित्सकले भने, ‘स्वास्थ्य मन्त्रालयले इम्प्लान्ट उपलब्ध गराएपछि शल्यक्रिया शुरु हुन्छ ।’

आइतवार साँझ आएको हावाहुरीका कारण घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ । जसमध्ये २ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले जनाएका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  २ : ५४ बजे

मोहन वैद्य र सन्तबहादुरबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं– मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र सन्तबहादुर

मोदी र गान्धीलाई आचारसंहिता उल्लङ्घन गरेको आरोपमा नोटिस जारी

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस नेता राहुल गान्धीको

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके