अक्षय कुमारको ‘केसरी’ १५० करोडको क्लबमा प्रवेश | Khabarhub Khabarhub

अक्षय कुमारको ‘केसरी’ १५० करोडको क्लबमा प्रवेश


१८ चैत्र २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अनुराग सिंहको निर्देशनमा बनेको फिल्म ‘केसरी’ ले बक्स अफिसमा कमालको व्यापार गरिरहेको छ । यो फिल्ममा अक्षय कुमारले मुख्य भूमिका निभाएका छन् । फिल्म पहिलो हप्ता नै सय करोडको क्लबमा प्रवेश गरिसकेको छ । यो फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि उत्तिकै व्यापार गरिरहेको छ ।

हालसम्म फिल्मको विश्वव्यापी ग्रस कलेक्सन १ सय ५० करोड पुगेको छ । करण जोहरले सामाजिक सञ्जालमा यसबारेमा खुलासा गरेका छन् ।
फिल्मका निर्माता करण जोहरले एउटा ब्यानर बनाएर ट्वीटर एकाउन्टमा लेखेका छन्, ‘दुनियाँभरको बक्स अफिसमा केसरी मजबूत बनेको छ ।’

फिल्ममा अक्षयकुमारको कामको थप प्रशंसा भइरहेको छ । यो फिल्म भारतमा मात्र ३६०० पर्दामा रिलिज भएको छ । विदेशमा यो फिल्म ६०० पर्दामा रिलिज भएको छ ।

केसरी फिल्म ब्याटल अफ सारागढीको कहानीमा आधारित छ । फिल्ममा अक्षय कुमारले हवल्दार इशर सिंहको भूमिका निभाएका छन् । फिल्मलाई समीक्षकले पनि रुचाएका छन् ।

परिणीति चोपडा फिल्ममा अक्षय कुमारकी पत्नीको भूमिकामा छिन् ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  ८ : ३४ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको