अधुरै रह्यो प्रचण्डलाई संसदमा भेट्ने खेमराजको सपना, विद्यालाई भने– राम्रो गर्नु नानी ! | Khabarhub Khabarhub

अधुरै रह्यो प्रचण्डलाई संसदमा भेट्ने खेमराजको सपना, विद्यालाई भने– राम्रो गर्नु नानी !


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की क्षेत्र नम्बर २ ‘खाली’ भयो ।

महिनादिनसम्म शोकमा रहेको कास्की–२ का मतदाताले शोक भुल्दै आफ्नो नायाँ प्रतिनिधिको खोजी शुरु गरे ।

शनिबार सम्पन्न उपनिर्वाचनबाट कास्की २ का मतदाताले आफ्नो जनप्रतिनिधि पाएका छन् । र, जनप्रतिनिधिका रुपमा निर्वाचित भएकी छन् दिवंगत नेता रवीन्द्रकी पत्नी विद्या भट्टराई ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतको अन्तरले पराजित गर्दै विद्या कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिका रुपमा निर्वाचित भएकी छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार विद्याले २४ हजार ३ सय ९४ मत जीत हासिल गर्दा कांग्रेसका पौडेलले भने १५ हजार ९ सय ९१ मत पाए ।

संघ, प्रदेश र स्थानीय तहका गरी ५२ जना जनप्रतिनिधिका लागि उपनिर्वाचन भएपनि कास्की क्षेत्र नम्बर २ भने सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका लागि ‘प्रतिष्ठाको विषय’ थियो ।

नेकपा र कांग्रेसले कास्की २ मा चुनावी अभियानलाई पनि त्यत्तिकै महत्व दिएर अगाडि बढाएका थिए ।

चुनावी सभाका दौरान नेकपा र कांग्रेसबीच विभिन्न विषयमा आरोप–प्रत्यारोप चले ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिचिएको नेपाली भूमि आफ्नो नक्सामा राख्न भारतलाई सहमति जनाएको आरोप लगाए ।

नेकपाको चुनावी सभालाई सम्बोधन गर्न बुधबार पोखरा पुगेका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि केही ‘हलुका टिप्पणी’ गरे ।

जसमध्येको सबैभन्दा बढी चर्चा र आलोचनाको विषय बनेको प्रचण्डको टिप्पणी थियो– कांग्रेस उम्मेदवार पौडेललाई बयोबृद्ध भन्नु । प्रचण्डले पौडेललाई बयोबृद्ध मात्रै भनेनन्, ‘देवघाट गएर ध्यान तपस्या गर्नुपर्ने मान्छेलाई किन चुनावमा उठाएको ?’ भन्दै कांग्रेसमाथि नै प्रश्न गरे ।

प्रचण्डको उक्त टिप्पणीप्रति कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्काल आपत्ति जनाए ।

कास्कीबाट चुनावी मैदानमा रहेका पौडेलले भने प्रचण्डलाई ‘आत्मविश्वास’का साथ जवाफ पठाए– देवघाट होइन, मंसिर १४ गतेपछि तपाईंको र मेरो भेट संसद भवनमा हुन्छ । त्यसपछि देवघाट जान परे सँगै जाउला ।

तर, जनताले पौडेललाई यसपटक प्रचण्डसँग संसद भवनमै पुगेर मेट गर्ने मौका भने दिएनन् । कास्की २ का मतदाताले विद्यालाई आफ्नो प्रतिनिधिका रुपमा चयन गरे ।

कास्की २ का मतदाताको मतादेश स्वीकार गर्दै कांग्रेस उम्मेदवार पौडेलले पनि विद्यालाई बधाई दिइसकेका छन् ।

‘विजयी नानीलाई हृदयले बधाई, राम्रो गर्नु,’ पौडेलले ट्वीटरमार्फत विद्यालाई बधाई दिँदै भनेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : ३४ बजे

रुसमा रहेका नेपालीलाई स्वदेश फर्काउन माग गर्दै प्रदर्शन

काठमाडौं– रुस–युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरूले

दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा छ जना खेलाडी सहभागी हुँदै

काठमाडौं– प्रथम दक्षिण एसियाली कुराँश च्याम्पिन्सिपमा  ६ खेलाडी सहभागी हुने

रोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई

काठमाडौँ– क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका

सुनको मूल्य घट्याे, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल

सवारी दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

कास्की– पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा आठजना चिनियाँ पर्यटक