पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी | Khabarhub Khabarhub

पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका चौधरी विजयी


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पिपरा– महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विक्रम चौधरी विजयी भएका छन् ।

मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार पिपरा गाउँपालिकाको अध्यक्षमा नेकपाका उम्मेदवार चौधरी ३ हजार २ सय ४९ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका उम्मेदवार रामजानकी यादवले ३ हजार ४१ मत ल्याए ।

त्यस्तै राष्ट्रिय जनता पार्टीका उम्मेदवार रविता कुमारीले २ हजार ९८४ मत ल्याएर तेस्रो स्थानमा रहिन् भने नेपाली काँग्रेसका उम्मेदवार विजय यादव १ हजार ९३५ मत ल्याएर चौथो स्थानमा रहे ।

नेकपाका उम्मेदवार चौधरी समाजवादी पार्टीका उम्मेदवार यादव भन्दा २०८ बढी मत ल्याएर विजयी भए। यस अघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यहाँबाट राजपा नेपालले जीत हासिल गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको उपचारका क्रममा काठमाडौंमा निधन भएपछि पिपरामा उपनिर्वाचन भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ७ : ४४ बजे

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।