‘ग्लोबल नेपाली फिल्म अवार्डस्’ मा अनमोल बने ‘स्टार अफ द इयर’ | Khabarhub Khabarhub

‘ग्लोबल नेपाली फिल्म अवार्डस्’ मा अनमोल बने ‘स्टार अफ द इयर’


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केही दिनअघि जापानमा आयोजित विवादित अवार्ड कार्यक्रम ‘सूर्य इन्टरनेशनल अवार्ड २०१९’ मा पपलुर अवार्ड जितेर खुशी साटेका अनमोलले अमेरिकामा हालै सम्पन्न भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा ‘स्टार अफ द इयर’ को अवार्ड जितेका छन् ।

उनले अवार्ड जितेको भन्दै सामाजिक सञ्जालमा तस्वीर अपलोड गरेका छन् ।

अनमोल अमेरिका हानिएसँगै उनैले अवार्ड पाउने पक्का भएको अड्कल फिल्म वृत्तमा चलेको थियो । किनकि, अनमोलले अवार्ड पाउने पक्का भएपछि मात्र अवार्ड कार्यक्रममा सहभागी जनाउने गरेका छन् ।

अमेरिकामा भएको अवार्ड कार्यक्रममा राजेश हमाल, भुवन केसी, नायिका नम्रता श्रेष्ठ, स्वेता खड्का, दीपिका प्रसाईं लगायत अमेरिका गएका छन् ।

अवार्ड कार्यक्रमका लागि अमेरिका पुगेका धेरैले अवार्ड हात पारेका छन् । नायिका नम्रता श्रेष्ठले पनि अवार्ड जितेकी छिन् । स्वयम् अनमोलले नायिका नम्रतासँगको तस्वीर शेयर गरेका छन् ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : ५१ बजे

दलहरूको ध्यान सत्तामा मात्रै केन्द्रित भयो : भीम रावल

काठमाडौं– पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्रै

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार