बोल्न सक्ने भइन् लक्ष्मी | Khabarhub Khabarhub

बोल्न सक्ने भइन् लक्ष्मी

पत्नीको उपचार गर्न नसेपछि लक्ष्मीका पतिले संसार छोडेका थिए


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालको जनरल वार्डको एक शैय्यामा हसिलो अनुहार लिएर स्याउ खाँदै थिइन्, धादिङको नीलकण्ठ– १२, आगेटारीकी लक्ष्मी मगर ।

‘तपाईलाई अहिले कस्तो छ ?’ हामीले प्रश्न गर्‍यौं ।

‘अहिले त म ठिक भइरहेको छु, स्याउ खाँदै थिएँ ।’ उनले मुस्कान सहितको जवाफ दिइन् ।

‘मलाई त चिन्नुभएन होला है, केही दिन अगाडी म तपाईको घरमै पुगेको थिए, तपाईकी जेठी छोरी चित्र बनाउँदै थिइन म पुग्दा हेर्नुस् त,’ मैले मोवाइलमा उनकी जेठी छोरी करिनाको फोटो देखाउँदै भने ।

‘आउनु भएको थियो है, मैले त केही होस पाइन त्यो बेलामा, अब त तपाईलाई चिन्न सक्छु । अहिले त म धेरै ठिक भइसके ।’
लक्ष्मीकी कान्छी छोरी सोममाया छेउमा थिइन्, लक्ष्मीको जवाफ नसकिँदै उनकी छोरी सोममायाले हाँस्दै भनिन्, ‘दिदी त हाम्रो घरमै आउँनुभएको थियो । मैले चिने नि !’

कात्तिक ३० गते लक्ष्मीको घर धादिङ पुग्दा उनी पतिको किरीयाका लागि किरीयापुत्रीको सेतो पोसाकमा थिइन् । तर उनी बोल्न सक्ने, आफै दिसा पिसाव गर्ने अवस्थामा पनि थिइनन् ।

शारीरिक र मानसिक दुबै समस्याबाट पीडित बनेकी लक्ष्मीको हातखुट्टा चल्दैन थियो । दिसापिसाब गरेको समेत चाल पाउँदिन् थिइन् ।
उनै लक्ष्मीको अवस्था आज फेरिएको छ । अस्पतालको शैय्यामा रहेपनि उनी मानिससँग बोल्न र आफैं खान सक्ने भएकी छिन् ।

शारीरिक र मानसिक पीडाले ओछ्यानमै थला परेकी लक्ष्मीको उपचार गर्दागर्दै आफै मानसिक समस्याको सिकार भएका लक्ष्मीका पति यमबहादुरले ले कात्तिक २० गते आत्महत्या गरेका थिए ।

यमबहादुरको मृत्युपछि सञ्चार माध्यमहरुमा उनको अवस्था र रोगबारे समाचारहरु प्रकाशन र प्रसारण गरे । खबरहबमा पनि उनको घर धादिङमै पुगेर ‘आमाको उपचार गर्न नसकेर बाबुले संसार छोडे, तीन छोराछोरीको बिचल्ली’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

संचारमाध्यमहरुमा लक्ष्मी र उनकी छोरीको रोग र उनीहरुको आर्थिक अवस्थाबारे जानकारी पाएपछि काठमाडौंको धुम्बाराहीमा रहेको हस्पिटल अफ एड्भान्स मेडिसिन एण्ड सर्जरी (ह्याम्स)ले लक्ष्मी र छालासम्बन्धि जन्मजात रोग भएकी सोममायाको निशुल्क उपचार गर्ने घोषणा गर्‍यो । लक्ष्मी र सोममायाको अहिले ह्याम्स अस्पतालले निः शुल्क उपचार गरीरहेको छ ।

बुवाको किरियापुत्री बसेका छोरा र बाहिर खाटमा लम्पसार अवस्थामा लक्ष्मी ।

लक्ष्मीको रोग के हो ?

लक्ष्मीलाई ह्याम्स अस्पतालका मनोचिकित्सक डाक्टर रमन कोइरालाको टिमले उपचार र परामर्श गराइरहेको छ । डा कोइरालाका अनुसार लक्ष्मी बोल्न र आफै खान मात्र होइन ह्वीलचियरको साहरामा हिँड्न पनि थालेकी छन् ।

‘अहिले उहाँ होशमा आउनुभएको छ, कुराकानी गर्नुहुन्छ, आफैले खानुहुन्छ, आँखा पनि झिम्क्याउनु हुन्छ र ह्वीलचियरमा अलिअलि हिँड्नुहुन्छ,’ डा कोइरालाले भने, ‘हामीले एकैपटक धेरै कुरा एक्सपेट गर्नुहुँदैन, तर विस्तारै उहाँको स्वास्थ्यमा सुधार हुँदैछ, पूर्ण रुपमा ठिक हुन अझै समय लाग्छ ।’

डा कोइरालाका अनुसार लक्ष्मीको दिमागमा कुनै चोट छैन उनलाई क्याटटोनिया भन्ने मानसिक स्वास्थ्य समस्या भएको हो ।

‘पहिला ल्याएको बेलामा उहाँलाई आफ्नो अगाडी के भइरहेको छ । भन्ने थाहा नै थिइन, एउटै ठाउँमा सुतेको सुतै हुनुहुन्थ्यो, होस नै थिएन,यस्तो कन्डिसनलाई क्याटटोनिया भन्छौं हामी,’ डा कोइरालाले खबरहबसँग भने, ‘क्याटटोनिया भनेको कुनै व्यवहारमा परिवर्तन आउनु हो, यो दिमागको कारण पनि हुन्छ र शारीरिक कारण पनि हुन्छ । त्यसले मानिसको व्यवहारमा निकै परिवर्तन आउँछ, कि बाहिरको वातावरणमा कुराकानी नै नगर्ने कि भने एकदमै एक्साइटेड हुन्छ । उहाँहरुलाई कन्ट्रोल गर्न नसक्ने हुन्छ । उहाँलाई पनि क्याटटोनिया भएको हो ।’

डा कोइरालाका अनुसार लक्ष्मीको दिमागमा कुनै गम्भिर रोग देखिएको छैन । लक्ष्मीका प्यारालाइसिसको समस्या नभएको डा कोइरालाको भनाइ छ ।

‘पहिला लडेर ढाडमा लागेको चोटको उपचार पछि त उहाँ पहिला नै हिड्न थाल्नुभएको थियो, त्यसैले उहाँको समस्यालाई प्यारालाइसिस नबनौं, त्यो बेलामा मेरुदण्डमा लागेको चोट हो, दिमागमा चोट लागेको होइन रहेछ, हामीले सिटी स्क्यान गरेको हेरेको दिमागमा चोट छैन,’ डा कोइरालाले भने, ‘उहाँले मानसिक समस्या थियो उहाँमा औषधि पनि खानुभएको थियो । तर बीचमा औषधि छोड्दा समस्या बढ्दै गएको रहेछ ।’

सोममायाको रोग के हो ? कसरी हुँदैछ उपचार ?

मगर परिवारमा लक्ष्मी मात्र बिरामी छैनन् । उनकी कान्छी छोरी सोममाया पनि जन्मजात छाला सम्बन्धि गम्भिर रोगको उपचारको पर्खाइमा थिइन् । सोममायाको पनि ह्याम्स अस्पतालले नै निशुल्क उपचार गर्ने घोषणा गरेको थियो ।

अस्पतालका चिकित्सकले उनको रोग पत्ता लगाइसकेका छन् । सोममायाको उपचार गर्ने प्रक्रियामा रहेको अस्पतालमा छाला रोग विशेषज्ञ डाक्टर कमल धितालले बताए ।
डा धितालका अनुसार सोममायालाई ‘कन्जेनाइटल मेलानोसाइटिस निभाइ’ भन्ने रोग लागेको हो ।

उनको रोग जन्मजात हो । छालामा इपिडर्मिस भन्ने तह हुन्छ । त्यो तहमा हुने मेलानोसाइटस कोषले छालालाई रंग दिने काम गर्छ । त्यो मेलानोसाइटस अनियन्त्रित तरिकाले वृद्धि हुँदा कन्जेनाइटल मेलानोसाइटिस निभाइ भन्ने रोग लाग्छ ।

सोममायाको शरीरमा पनि जन्मजात रुपमा मेलानोसाइटिस अत्याधिक वृद्धि हुँदा छालाको रंग कालो, रौं उम्रिएको र मासुका फोकाहरु देखिएको डा धितालको भनाइ छ ।

सोममायाको उपचारका लागि प्लाष्टिक सर्जरी गर्नुपर्ने डा धितालले बताए ।

‘सोममायाको उपचारका लागि प्लाष्टिक सर्जरी गर्नुपर्ने हुन्छ, त्यसको लागि हामीले प्लाष्टिक सर्जरीको टिमसँग कुरा गरेको छु, प्लाष्टिक सर्जरीको डाक्टरले उपचार गर्न सकिन्छ भन्नुभएको छ,’ डा धितालले भने, ‘उनको एकपटकले ठिक हुँदैन, ५–७ पटक नै सर्जरी गर्नुपर्ने हुन्छ, त्यसैले इन्टनल डिस्कसनमै छौं ।’

सोममायाको जस्तै समस्या भएका बालकालिकाहरु धेरै आउने गरेको डा धितालले बताए ।

यो पनि पढ्नुहोस्

आमाको उपचार गर्न नसकेर बाबुले संसार छोडे, तीन छोराछोरीको बिचल्ली

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : १७ बजे

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ

भूकम्पीय जोखिम कम गर्न प्रभावकारी कदम आवश्यक : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक