कास्की मतगणना अपडेट– विद्याले १५ हजार मत ल्याउँदा खेमराजको ७ हजार | Khabarhub Khabarhub

कास्की मतगणना अपडेट– विद्याले १५ हजार मत ल्याउँदा खेमराजको ७ हजार


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाकी विद्या भट्टराई फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेकी छिन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले १५ हजार ५ सय ८ मत प्राप्त गरेकी छिन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ७ हजार ८ सय ५० मत प्राप्त गरेका छन् ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ७ हजार २३ रहेको छ । ११ वडा रहेको कास्की क्षेत्र नम्बर २ मा अहिलेसम्म वडा ५ वटा वडाको मतगणना भइसकेको छ । वडा नम्बर ३३, २१, २०, १७ र १६ को मतगणना सकिएको छ । अब वडा नम्बर १५ को मतगणना थालिएको छ ।

उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : १७ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको