कास्की मतगणना अपडेट : नेकपा उम्मेदवार भट्टराईको फराकिलो मतान्तरसहित अग्रता | Khabarhub Khabarhub

कास्की मतगणना अपडेट : नेकपा उम्मेदवार भट्टराईको फराकिलो मतान्तरसहित अग्रता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की–कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्तारुढ नेकपाका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार नेकपाकी उम्मेदवार विद्या भट्टराईले ८ हजार २ सय ६५ मत प्राप्त गरेकी छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले ३ हजार ६ सय ७१ मत प्राप्त गरेका छन् ।

यो परिणाम अनुसार नेकपा उम्मेदवार भट्टराईको अग्रता ४ हजार ५ सय ९३ छ ।

उपनिर्वाचन भएको कास्कीको निर्वाचन क्षेत्र–२ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन्।

कास्की क्षेत्र नं २ बाट निर्वाचित संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त रहेको थियो।

कास्कीसँगै अन्य जिल्लाका रिक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय घोषणा गरिसकेको छ। कास्की २ मा ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र अघिल्लो निर्वाचनमा भए पनि यस वर्ष केन्द्र पनि थपिने उनले बताए।

अघिल्लो निर्वाचनमा रवीन्द्र अधिकारीले नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १० : ४७ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०