धरानमा मतगणना जारी, नेकपालाई १७ मतको अग्रता | Khabarhub Khabarhub

धरानमा मतगणना जारी, नेकपालाई १७ मतको अग्रता


१५ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ । निर्वाचन कार्यालयका अनुसार अहिले सम्म तीनवटा वडाको मत गणना सकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार धरान उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार नेकपाका प्रकास राईले २३ सय ९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका तिलक राईले २२ सय ९२ मत पाएका छन् ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लिम्बूवानका अमर इजमले १ सय ३१, संघीय समाजवादीका गजेन्द्र इस्बोले ७९, स्वतन्त्र उम्मेदवार हर्कराज राईले ६०, स्वतन्त्र उम्मेदवार डा. अमृतकुमार राईले १७ मत प्राप्त गरेका छन् ।

धरान उपमहानगरपालिकाको वडानं. २० बाट शुरु गरिएको मतगणना अहिले सम्म वडानं. १९ र १८ को सकिएको छ । जसको परिणाम हेर्दा नेकपा र नेपाली कांग्रेसबीच १७ मत मात्रै अन्तर रहेको छ ।

अहिले धरान वडा नं. १७ को मतगणना जारी छ ।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : २६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्