जिद्दी छोराछोरी यसरी अनुशासित बनाउनुस् | Khabarhub Khabarhub

जिद्दी छोराछोरी यसरी अनुशासित बनाउनुस्


२९ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जिद्दी बालबालिकालाई सम्हाल्नु र अनुशासित बनाउनु अभिभावकको सबैभन्दा ठूलो चुनौती हो । नुहाउन, खाना खुवाउनदेखि सुताउनसम्म हरेक कुरामा बालबालिकालाई सम्झाउन वा फकाउन जति गाह्रो अरु केही काम हुँदैन । बालबालिकाको हेरचाहमा आमाबुवाको गल्ती दिनप्रतिदिन बढ्दै जान्छ र बालबालिका नराम्रोसँग नियन्त्रण भन्दा बाहिर जान्छन् ।

जिद्दी बालबालिकालाई सम्हाल्ने सबैभन्दा राम्रो तरिका हो कि तपाईंले उनीहरुको नराम्रो काममा कुनै प्रतिक्रिया नदिने र राम्रो काम गर्दा सधै तारिफ गर्ने । मनोवैज्ञानिक तथा प्यारेन्टिंग एक्सपर्टस्का अनुसार उनीहरुलाई अनुशासित बनाउन यस्तो काम गर्न आवश्यक छ ।

१. सुन्नुस् वहस नगर्नुस्

यदी तपाईं चाहनुहुन्छ कि बच्चाले तपाईंले भनेको मानोस् । यसका लाागि स्वयं तपाईले उनीहरुको कुरा बारे ध्यान दिन र सुन्न जरुरी छ ।

मजवुत इच्छाशक्ति भएका बच्चाको आकांक्षा र जिद्दी पना पनि बढी हुन्छ । त्यसको विरुद्ध तपाई बहसमा वा उनीहरुसँग यसो हुन्न, यस्तो हुन्छ भन्ने वहसमा नउत्रनु होस् । यदी तपाईंले उनीहरुको कुरा सुन्नु भएन भने उनीहरु धेरै जिद्दी हुनेछन् ।

यदी बालबालिकालाई आफूलाई अभिभावकले वास्ता नगरेको भान पर्यो भने उनीहरु विस्तारै विस्तारै तपाईको हरेक कुरालाई वेवास्ता गर्दै जान थाल्छन् । धेरै सयमदेखि बच्चाले केही गर्ने कुराको जिद्दी गरिरहेको खण्डमा उसको कुरा राम्रोसँग सुनिदिनु आवश्यक हुन्छ । उसको कुरा सकिनुभन्दा पहिला गाली गर्नु हुँदैन । बालबालिकासँग कहिल्यै रिसाएर कुरा नगर्नु होला ।

२. बच्चासँग जबरजस्ती नगर्नुहोस्

जब तपाई कुनै पनि कुरालाई लिएर बालबालिकासँग जबरजस्ती गर्नुहुन्छ भने स्वभावत तपाई बच्चा बिद्रोही हुँदै जान्छन् । तत्कालका लागि जबरजस्ती गरेर त काम बन्नला तर पछि गएर यो खतरनाक हुँदै जान्छ । बालबालिकालााई जबरजस्ती केही गराउँदा पनि पछि त्यस्तै बानी बस्छ र नगर भनेको कुरा गर्ने स्वभाव बन्छ । सकेसम्म आफ्ना बालबालिकासँग कुराकानी र समय विताउँने गर्नुस् ।

जस्तो ८ वर्षको तपाईको छोरा वा छोरीले टीभी हेर्ने जिद्दी गरे भने जबरजस्ती गरेर कुरा मिल्दैन । यसको सट्टा तपाई उनीहरुसँग बस्नुहोस् र यो कुरामा रुची राख्नुहोस् कि उ टिभीमा के हेर्दैछ । तपाईले उनीहरुको कार्यमा रुची देखाउनु भयो भने तपाईंको कार्यमा पनि उनीहरुले रुची देखाउनेछन् र तपाईसँग उनीहरु निकट भएको र आत्मिताको महशुस गर्न सकनेछन् । जिद्दी बच्चासँग यस्तै व्यवहार गर्नुहोस् । यसले गर्दा उनीहरुको जिद्दीपन हट्नुका साथै अनुशासित बन्नेछन् । उनीहरुलाई वेवास्ता गर्दा थप समस्या बढ्न जान्छ ।

३. विकल्प दिनुहोस्

बालबालिकाको आफ्नो दिमाग हुन्छ र उनीहरु सधै त्यस्तो काम गर्न मन पराउँछन् जो उनीहरुलाई भनिएको हुँदैन । यदी तपाईले आफ्नो ५ वर्षको बच्चालाई जबरजस्ती ८ बजेभन्दा पहिला सुत्न जा भन्ने आदेश दिनुहुन्छ भने उसले त्यसलाई अस्विकार गर्न सकछ । तर तपाईंले उसलाई आदेश दिनुको सट्टा उसलाई सोध्नुस् कि सुत्नुभन्दा पहिला कुन कथा सुन्न मन पराउँछ । बालबालिकालाई आदेश होइन उसलाई सुझाव र विकल्प दिनुहोस् । यदी तपाईंको बच्चाले म सुत्न जान्न भन्ने जवाफ दियो भने तपाईं नरिसाउनुहोस् । उसलाई सुत्न पठाउनका लागि विभिन्न विकल्पहरु दिनुहोस् या उ सँगै ओछ्यानमा सुतेर केही कथा, रमाइलो कुरा सुनाउनुहोस् । यसो गर्नाले बालबालिकाले जिद्दी छोड्दै जानेछन् ।

शान्त रहनुहोस्

यदी तपाईं हरेक कुरामा आफ्ना छोरा छोरीलाई गाली गर्नु हुन्छ भने तपाईको बच्चा तपाईको चिच्याहठलाई बोलिको लडाईको रुपमा लिन सकछन् । उसलाई हरेक कुरामा चिच्याएर आफ्नो कुरा जबरजस्ती राख्ने बानी पर्न जान्छ । त्यसैले आफ्ना बालबालिकालाई राम्रो र अनुसासित बनाउनका लागि मिठोसँग बोल्ने गर्नुस् ता कि तपाईंबाट बालबालिकाले सिकुन् ।

५. बालबालिकाको सम्मान गर्नुहोस्

तपाईं आफ्ना छोराछोरीले आफूलाई सम्मान गरेनन् भनेको मानेनन्, जिद्दी भए भनेर दुख मनाउ गरिरहनु भएको छ भने आफूले उनीहरुमाथि गर्ने व्यवहार बारे पनि सोच्नुहोस् । बालबालिकालाई आफूले कस्तो व्यवहार, सम्मान गरेको छु भन्ने कुरा थाहा पाउनु भयो भने उनीहरुको व्यवहार किन यस्तो भइरहेको छ भन्ने थाहा हुन्छ । भन्नुको मतलव तपाईले बालबालिकालाई सम्मान, माया दर्शाउन कन्जुस्याई नगर्नुहोस् ।

बालबालिकामाथि केही कुरा जवरजस्ती नथोपर्नुहोस् । उनीहरुसँग सहयोग माग्नुहोस् आदेश दिने होइन । उनीहरुको भवनालाई ख्याल गर्नुहोस् खारेज नगर्नुहोस् । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ६ : १५ बजे

इन्टरपोलमार्फत १३ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक वर्षमा १३ जना फरार अपराधीलाई अन्तर्राष्ट्रिय

एमडीएमएस प्रकरणमा प्राधिकरणका तत्कालीन दुई अध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर

काठमाडौं– नेपाल टेलिकमको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद तथा

विवाहित महिलाले अरूलाई बाँड्न नहुने यी शृङ्गार

काठमाडौं–  विशेष गरी महिलाहरू एक अर्कामा सामानहरू साटासाट गरेर चलाउने

कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएनन्

घोडाघोडी– चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम

सबैभन्दा धेरै अपराध कोशी प्रदेशमा 

काठमाडौं– सात प्रदेशमध्ये सबैभन्दा धेरै गम्भिर प्रकारका अपराध कोशी प्रदेशमा