विवाह भन्दा पहिला पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न | Khabarhub Khabarhub

विवाह भन्दा पहिला पार्टनरसँग अवश्य सोध्नुस् यी तीन प्रश्न


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं विवाह गर्नेबारे सोचिरहनु भएको छ ? यदी तपाईंले तत्काल विवाह गर्नेबारे सोच्नुभएको छ भने विवाह गर्न लागेको पार्टनरसँग खुलेर कुरा गर्नुस्, आफ्ना कुरा र उनका कुरा सुन्ने र बुझ्ने प्रयास गर्नुस् ।

यसरी खुलस्त भएर विवाह गर्दा आगामी दिनमा तपाईंको बैवाहिक अवस्था सुखद् बन्न जान्छ । विवाहलाई लिएर मानिसले केही खालका सपना देखेका हुन्छन् । सबै आफ्नो विवाहलाई यादगार बनाउनका लागि खानादेखि विवाहको स्थानसम्मको पूरा योजना बनाउँछन् । जो व्यक्तिसँग आफ्नो पूरा जीवन जिउने अवस्था बनेको हुन्छ उसँग हरेर विषयमा खुलस्त भएर कुरा गर्न र विवाह भन्दा पहिला केही प्रश्नहरु गर्न आवश्यक हुन्छ । ताकि विवाह भन्दा पहिला एक अर्कालाई राम्रोसँग बुझ्न सहज हुन्छ ।

आर्थिक अवस्था– विवाह भन्दा पहिला कयौं पार्टनरसँग यो सवाल सोध्न चाहन्छन् तर चाहेरपनि यो सोध्न सक्दैनन् । किनकी धेरैलाई पैसा सम्बन्धी धेरै कुरा सोध्न र बुझ्न डर लाग्छ । तर विवाह भन्दा पहिला आफ्नो पार्टनरको आर्थिक अवस्थाबारे जानकारी लिन आवश्यक छ ।

फ्यामिलि प्लानिङ– विवाह भन्दा पहिला पार्टनरसँग फ्यामेलि प्लानिङका बारेरमा जरुर कुरा गर्नुहोस् । जब दुई मध्ये एक व्यक्तिलाई बच्चा चाँढो चाहिएको छ भने भने यस विषयमा विवाह भन्दा पहिला कुरा गर्नु आवश्यक हुन्छ । तपाईलाई कहिले बच्चाको बारेमा सोच्न जरुरी हुन्छ भन्ने विषयमा प्रस्ट हुनु जरुरी हुन्छ ।

वानिव्यहोरा– विवाह भन्दा पहिला आफ्नो पार्टनरको वानी व्यहोरा बारे जानकारी लिन जरुरी हुन्छ । प्रेम सम्बन्ध भएकाहरुले बानी व्यहोरा बारे जानकार भएको भएपनि मागी विवाह गर्नेले आफ्नो पार्टरको बानी व्यहोरा थाहा नपाएको हुनसक्छ । त्यसलैले उसलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा थाहा पाएको खण्डमा सहज हुन जान्छ । यसरी पार्टनरको बानी व्यहोराबारे जानकारी लिँदा दाम्पत्य जीवनलाई राम्रो बनाउन सकिन्छ ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : ०९ बजे

आजका समाचार : सांसद् खानको सपथदेखि क्रिकेटमा नेपाल पराजितसम्म

दिनभर आजमा सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ, कोशीका

जरिवाना तिर्न राप्रपालाई काठमाडौं महानगरको पत्र

काठमाडौं– काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जरिवाना तिराउने निर्णय गरेको

सेतो मच्छिन्द्रनाथ : महिलाको शक्ति (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथकाे रथ शुक्रबार काठमाडौंकाे लगनटाेलमा रहने भएको छ

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको