निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस् | Khabarhub Khabarhub

निद्रा नलागेर हैरान हुनुन्छ ? यी उपाय अपनाउनुस्


१८ माघ २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

आजभोलि धेरै मानिसहरु निन्द्रा नलाग्ने समस्याबाट ग्रस्त बनेका छन् । निद्रा नपर्नुका फरक फरक समस्याहरु हुनसक्छन् । अत्याधिक तनाव या काममा प्रेसरका कारण पनि मानिसहरुलाई राति निद्रा ठिक ढंगमा नलाग्न सक्छ । निद्रा राम्रोसँग नलाग्दा धेरै समस्याहरु उत्पन्न हुन सक्छ भने रोगको कारक पनि निद्रा बन्न सक्छ । निद्रा नलाग्दा इनसोमनिया हुन सक्छ ।

इनसोमनिया एक यस्तो बिरामी हो जसमा व्यक्तिलाई निद्रा आउँदैन र पूरै रात ओछ्यानमा यता उता पल्टदै रात कट्न सक्छ । निद्रा पूरा नहुँदा मानिसलाई दिनभर थकानको महसुस हुन्छ । कसैलाई रिंगटा लाग्ने, काममा ध्यान नजाने लगातका समस्या उत्पन्न हुन सक्छ । यदी तपाईलाई पनि निद्रा नलाग्ने समस्या छ भने यी टिप्सहरुलाई अपनाउन सक्नुहुन्छ जसका कारण निद्रा राम्रोसँग लाग्न सक्छ ।

तातो पानीले नुहाउने– थाकानयुक्त दिनपछि तातो पानीले नुहाउँदा तपाईलाई रिल्याक्स मात्र होइन राम्रो निद्रा पनि पर्छ । सुत्नुभन्दा करिब २ घन्टा पहिला तातोपानीले नुहाउदा शरीरको तापक्रम पनि सामान्य अवस्थामा पुग्छ र तपाईंलाई निद्रा लाग्छ ।

लेवेन्डुलाको तेलको प्रयोग– पुदिना परिवारको एक फूलको नाम लेवेन्डर हो जसको तेलको प्रयोगले राम्रोसँग निद्रा लाग्छ । यस तेलको सट्टा अन्य तेलको प्रयोगले शरीरको थकान कम हुनुको साथै राम्रोसँग निद्रा लाग्छ ।

तातो दूध र मह– प्राचिन कालदेखि नै दुध र महको प्रयोग हुँदै आएको छ । तातो दूधमा मह मिलाएर पानी पिउनाले राम्रो निद्रा लाग्ने गरेको छ । दूधमा अमीनो एसिड ट्रिप्टोफ्यान पाइन्छ जो प्राकृतिक तरिकाले व्यक्तिलाई शान्ति तथा विश्रामको अनुभुति हुने गर्छ ।

हर्बल चिया–रातमा हर्वल चियाको प्रयोग पनि फाइदाजनक हुन्छ जसले गर्दा राम्रोसँग निद्रा लाग्छ ।

सुत्नुअघि नगर्नुहोस् यी गल्ती
सुत्नुभन्दा पहिला रक्सीको सेवन नगर्नुहोस्
रातिको समयमा सधैं सामान्य खालको र कम खाना खानुस्
रातिको खाना सुत्नुभन्दा २ घन्टापहिला खानुपर्छ
सुत्नुअघि मोबाइल चलाउने वा लामोसमय टेलिभिजन हेर्ने लगायतका काम गर्न हुँदैन ।

प्रकाशित मिति : १८ माघ २०७५, शुक्रबार  ५ : ०४ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा